|

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ६८ करोड ६० लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। नगरको तेस्रो नगरसभाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ६० लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो। शुक्रबार खोटाङको सदरमुकाम दिक्तेलमा सम्पन्न नगरसभामा नगरपालिकाकी उप–प्रमुख विणादेवी राईले बजेट प्रस्तुत गरेकी हुन्।

'समाजवाद उन्मुख, सभ्य र समृद्ध नगर : दिक्तेल रुपाकोट मझुवागढीवासीको रहर' भन्ने मूल नाराका साथ सम्पन्न नगरसभाले नगरपालिकाको प्रथम आवधिक योजना २०७५/०७६ को साथमा २०७९/०८० ले निर्देशित गरेका लक्ष्यहरूलाई मध्यनजर गर्दै स्थानीय प्राथमिकता र आवश्यकतालाई केन्द्रमा राखी नगरपालिकाले प्राप्त गर्ने आयश्रोतको सीमाभित्र रही वार्षिक कार्यक्रमहरू तयार गरी उपप्रमुख राईले पेस गरेकी हुन्। चालु आर्थिक वर्ष २०७४/०७५ को आय र व्ययको संशोधित अनुमान चालुआर्थिक वर्ष २०७४/०७५ को आन्तरिक आय राजस्व तर्फ ११ लाख ८७ हजार र संघीय सरकारको अनुदान तर्फ ५८ करोड ५१ लाख ६३ हजार गरी कुल ५८ करोड ६३ लाख ५० हजार मध्ये रु. ५४ करोड ७३ लाख ५४ हजार खर्च भएको संशोधित अनुमानित बजेट उपप्रमुख राईले प्रस्तुत गरिन्।

प्रस्तुत बजेटले  दिगो र गुणस्तरीय पूर्वाधार विकास, सामाजिक विकास, सामाजिक न्याय तथा लैंगिक मूल प्रवाहीकरण, कृषि, पशुपंक्षी, सहकारी, उद्यम मार्फत रोजगारी र उत्पादनमा वृद्धि, वातावरण संर क्षण र हरियाली तथा सौन्दर्यप्रवद्र्धन र  संस्थागत विकास र सेवा प्रवाहमा क्षमता विकासलाई प्रमुख प्राथमिकता दिएको छ । बिजेटले निर्माण तर्फ निर्माणाधिन मध्यपहाडी लोकमार्ग, निर्माणाधिन महुरे–फोक्सीङ्टार सडक, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको हलेसीथान, देवीथान मझुवागढी, माहुरेगढी, रुपाकोट, भुलभुले क्रमशः जिल्ला र नगर भित्र रहेका पर्यटन विकासको प्रचुर सम्भावना बोकेका स्थानहरूको विकासलाई प्राथामिकता दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.