|

योपटक इंग्ल्यान्ड अनपेक्षित रूपमा सेमिफाइनलमा पुग्यो। इंग्ल्यान्ड सेमिफाइनलमा पुगेपछि धेरै इंग्लिस मिडियाले क्रोएसियालाई विपक्षी जस्तो व्यवहार नै गरेका थिएनन्। उनीहरूले लेखे ‘१९६६ पछि इंग्ल्यान्डले उपाधि जित्दै छ। अब त्यसको घोषणा मात्र हुन बाँकी छ। किनकि हाम्रो दैलोमा अब फ्रान्स बसेको छ।’

उनीहरूको यो चरम घमण्डपूर्ण लेखहरूले क्रोएसियन खेलाडी तथा समर्थकलाई साच्चिक्‍कै दुखी बनाएको थीयाे। समर्थकमा पनि त्यही जोस थियो। क्रोएसियाविरुद्धको खेल हेर्न जाँदा कसैले पनि इंग्ल्यान्ड हार्ने कल्पनासम्म गरेका थिएनन्। जब इंग्ल्यान्ड पराजित भयो। उक्त कुरा धेरै समर्थकलाई सपनाजस्तै भएको छ। 

जब जब इंग्ल्यान्ड राष्ट्रिय फुुटबल टिम महत्वपूर्ण खेलमा पराजित हुँदा समर्थक उग्र हुने गर्थे तर योपटक इंग्ल्यान्डसमर्थकहरू बोल्न सक्ने अवस्थामै रहेनन्। किनकि उनीहरू साच्चिकै स्तब्ध थिए। क्रोएसियाको दुई गोलपछि मैदानमा सन्नाटा छाएको थियो भने ठूला स्क्रिनहरूमा इंग्ल्यान्डको खेल हेरिरहेका इंग्सिल समर्थकहरू टाउको निहुराएर तुरुक्क आँशु झार्दै ढलेका थिए।

लुजिनिकी रंगशालामा मात्रै होइन इंग्लिस समर्थकको पीडा संसारभर उस्तै देखियो। धेरैलाई पत्याउन गाह्रो पर्ने यथार्थ स्वीकार्न उनीहरूलाई अझै पनि सहज भइरहेको छैन। सजिलै फाइनल पुग्ने उद्देश्यसहित समूहचरणको अन्तिम खेल हेर्नका लागि मैदानमा उत्रिएको इंग्ल्यान्ड अब यस्तो सुन्दर मौका फेरि नआउने होकि भन्ने संसयमा छ। तर, इंग्लिस समर्थकहरू अझै पनि आफूलाई समाल्न सकिरहेका छैनन्।

पहिला उपद्रो गर्ने इंग्लिस समर्थकमा छाएको सन्नाटाको मलम तेस्रो स्थानको खेलले लाउला नलाउला तर क्रोएसियासँगको हार इंग्लिस समर्थक र मिडियाका लागि जीवनभर नबिर्सिने चोट भने बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.