|

विश्वकप फुटबलको तेस्रो स्थानको टिकट केही सस्तो गरिएपछि सबै टिकट बुक भएको आयोजकले जनाएको छ। विश्वकपबाट नाम चलेका टिमहरू बाहिरिएपछि सेमिफाइनलबाटै टिकटको मूल्य घटाइएको थियो।

विश्वकपअघि आयोजकले सेमिफाइनलको भिआइपी सिटको ११ हजार ४ सय पाउन्ड राखेको थियो। दोस्रो सेमिफाइनलमा टिकट पर्याप्त बिक्री नभएपछि मूल्य घटाइएको हो। तेस्रो स्थानका लागि भने केही बढी प्राइस राखिए पनि सीमित टिकट रहेपछि सस्तो गरिएको आयोजकले जनाएको छ।

तेस्रो स्थानका लागि भएको खेलको टिकट अनलाइनमा घटेको हो। जसका कारण १ हजार पाउन्ड मात्र रहेको जनाइएको छ। तेस्रो स्थानका लागि आज बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.