|

चितवन : चितवन साहित्य परिषद र नारायणी कला मन्दिर चितवनले शनिबार जिल्लाका दुई श्रष्टालाई साहित्यिक पुरस्कार प्रदान गरेको छ। भानु जयन्तीको अवसरमा ‘चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार’बाट चितवन रत्ननगरका गजल समीक्षक केशवराज आमोदी र ‘चिसाप प्रतिभा पुरस्कार’बाट श्रष्टा पूर्णप्रसाद अधिकारीलाई सम्मान गरिएको हो।

आमोदीलाई रु ५१ हजार ४५ र अधिकारीलाई रु ११ हजार ४५ नगदसहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको परिषदका अध्यक्ष सुरेन्द्र पौडेल, अस्तफलले जानकारी दिए।

आमोदीको पौराणिक महाकाव्य ‘उषा अनिरुद्ध’का लागि सो पुरस्कार प्रदान गरिएको हो। प्राप्त कृतिहरुबाट छनोट गरिएको कृतिलाई उक्त पुरस्कार प्रदान गरिन्छ।

परिषदले चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार’ २०७० सालबाट दिंदै आएको छ। यसअघि डा गोविन्दराज भट्टराई, बलराम अधिकारी, गोविन्दराज विनोदी र सीमा आभाष सो पुरस्कारबाट सम्मानित भइसकेका छन्। ‘चिसाप प्रतिभा पुरस्कार’ भने २०५२ सालबाट वितरण गर्न थालिएको हो।

पुरस्कार वितरण समोरहका क्रममा गजल समीक्षक आमोदीको व्यक्तित्व र कृतित्वका बारेमा साहित्यकार केदारनाथ खनाल र अधिकारीको बारेमा गायत्री श्रेष्ठले चर्चा गरेका थिए। जगन्नाथ पण्डितले भानुभक्तको योगदानको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भानु प्रतिष्ठान काठमाडौंका अध्यक्ष व्रतराज अचार्यले भानुभक्तले भाषिक एकीकरणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनको योगदान कसैले भुल्न नहुनेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.