|

उदयपुर : उदयपुरका ग्रामीण क्षेत्रमा व्यक्तिगत रुपमा खोलिएका स-साना औषधी पसलहरू मापदण्डविपरीत सञ्चालन भइरहेका छन्। सम्बन्धित सरकारी निकायले अनुगमन नगर्दा अहेव र अनमिले खोलेका औषधि पसलले सर्वसाधरण ठगिने गरेका छन्।

अवैध औषधि पसल सञ्चालकले ज्वरो तथा पखालाको म्याद गुज्रेको औषधि समेत सर्वसाधरणलाई बिक्री गर्ने गरेको बताइन्छ। ‘गाउँमा औषधि पसल खोलेर जीविको पार्जन गर्नेहरू सवै रोगको डाक्टर समेत हुने गरेका छन्,’ उदयपुरगढी गाउँपालिका १ का कमल खत्रीले भनिन्, ‘कटारी, विराटनगरका ठूलो अस्पतालसम्म विरामी पुर्‍याएर कमिशन खाने गरेका छन्।’

पहिलो पटक औषधि पसलमा पुगेका विरामीलाई औषधि दिने गर्छन्। पछि ठिक नभएको भन्दै बाहिर जानु पर्छ भन्छन्। अनि ठूला अस्पतालमा कमिशन लिएर विरामी पुर्‍याउने प्रतिष्पर्था समेत चलेको छ। ‘मेरो छोराछोरीलाई पटक/पटक पखालाले सतायो,’ गाउँकै क्लिनिकमा देखाएको थिए,’ त्रियुगा नगरपालिका साउनेका वीरु राईले भने, ‘पछि तिनै औषधि पसललेले गाइघाट लानुपर्छ भने, मैले औषधिसहित लिएर गएँ। औषधिको म्याद नै सकिएकाले पखला ठिक भएन।’

ग्रामीण भेगमा अवैध रुपमा सञ्चालन हुँदै आएका औषधि पसल तथा क्लिनिकले अहिले उपचारको नाममा सम्बन्धित क्षेत्रका सोझा-साझा सर्वसाधरण ठगिने गरेका छन्।

उदयपुरगढी गाउँपालिका १ बाहुनीटारमा रहेको जय मेडिकोका सञ्चालक गम्भीरबहादुर मगरले भने, ‘नयाँ नयाँ भाइबहिनीहरूले खोलेका औषधि पसलले उपचारको नाममा ठग्ने गरेको बताए। ‘म अहेव हुँ। मेरो लाइसेन्स दर्तासहितको औषधि पसल छ,’ उनले भने, ‘धेरै गाउँघरमा अहेव र अनमि पास गरेर मात्र औषधि पसल सञ्चालनले समस्या निम्त्याएको छ।’ उनकाअनुसार गर्भपत गर्ने अखडा समेत बन्दै गएको छ। ‘विभिन्न प्रकारका गर्भपनका औषधि बिक्री-वितरण हुने गरेका छन्,’ पुन मगरले भने, ‘कसैले नियन्त्रणमा लिने प्रयास समेत गरेको पाएको छैन।’

जिल्ला जनस्वासथ्य कार्यालय उदयपुरका निमित्त प्रमुख दुनिँयालाल यादवले अनुगमन गर्ने अधिकार समेत स्थानीय सरकारको रहेको बताए। ‘पहिला पहिला हामीले जनगुनासो आएका ठाउँमा गएर हेर्ने र सरकारी मापदण्ड पूरा गर्न निर्देशन दिदैँ आएका थियो,’ यादवले भने, ‘प्राथमिक उपचारको लागि एक लाखसम्मको औषधि पसल अहेव र अनमिले पनि खोल्न पाउने अधिकार छ। तर सवैतिरबाट ठगिएको गुनासो आउँछ। हामीले अनुगमन गर्न पाउने अधिकार छैन।’

जिल्लाको रौतामाई गाउँपालिकाको मुर्कुची बजार, सल्ले, फोक्सिङटार, भुटार, रसुवा, उदयपुरगढी गाउँपालिकाको पञ्चावती तथा नेपालटार बजार र कटारी नगरपालिकाको घुर्मी क्षेत्रमा अवैध औषधि पसल तथा क्लिनिक सञ्चालकले लुट मच्चाइरहेकै छन्। लाइसेन्स नभएकाले पनि औषधि बिक्री गर्ने गरेको र एउटा औषधिको मूल्य दोब्बर महँगोमा बिक्री गर्ने गरेको छन्। जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले मुख्य बजार र शहरमा अनुगमन गर्न गर्ने गरेको छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.