|

काठमाडौं : मुक्तिनाथ विकास बैंक लि र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिबीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सिटिजनको  तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेको बैंकबाट जारी विज्ञप्तीमा जनाएको छ।

उक्त सम्झौता भएपश्चात् सिटिजन लाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरू मुक्तिनाथ विकास बैंकका देशभर रहेका शाखा कार्यालयहरूबाट उपलब्ध हुने छन्।

मुक्तिनाथ विकास बैंक लि.देशै भरी फैलिएका आफ्ना ८३ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ। बैंकले ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, भिसा डेविट कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.