|

भद्रपुर (झापा) : प्रहरीले झापाको भद्रपुरबाट लागुऔषध ओसारपोसार कार्यमा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ हलेसी गाउँपालिका ८ घर भई हाल भद्रपुर नगरपालिका ७ निवासी २१ वर्षीय राजु केसी र भद्रपुर नगरपालिका ९ घोडामारा निवासी २६ वर्षीय नरेन राजवंशी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ५ स्थित मेची पुलमा शनिवार चेकजाँचको क्रममा केसीलाई र भद्रपुर बजारबाट राजवंशीलाई लागुऔषधसहित पक्राउ गरेको हो।

भारतको गलगलिया नाकाबाट भद्रपुरतर्फ आइरहेका केसीको शरीर चेकजाँच गर्दा लागुऔषध ट्याब्लेट लुपिजेसिक ४६ एम्पुल, फेनारगन ४५ एम्पुल, डाइजेपाम ४६ एम्पुल, नाइट्रोजन १० र १० ग्राम गाँजा बरामद गरिएको उनले बताए। त्यसैगरी प्रहरीले मे ९ प ७१२१ नम्बरको मोटरसाइकल सवार राजवंशीलाई शंका लागि भद्रपुर बजारमा चेकजाँच गर्दा उनको साथबाट ४ सय ग्राम बरामद गरिएको छ। यता पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.