|

काठमाडौं : नेपाली कामदारलाई यथाशक्य छिटो ल्याउने वातावरण बनाउन रोजगारदाताले मलेसियन सरकारलाई दबाब दिएका छन्। नेपालले जेठ पहिलो सातादेखि नै मलेसियामा कामदार पठाउन रोक लगाएको छ। 

मलेसियामा सक्रिय रोजगारदाताको संगठनले गृह र मानव संशाधन मन्त्रीलाई भेटी नेपाल सरकारसँग छलफल गरेर मलेसियामाथि लगाइएको रोक हटाउन दबाब दिएको खबर कान्तिपुर दैनिकमा छ। 

सुरक्षा गार्ड आपूर्ति गनै झण्डै ७ सय रोजगारदाताको छाता संगठन ‘पीपीकेके एम’ को अग्रसरतामा बिहीबार पुत्राजयस्थित गृह मन्त्रालयमा दुई घण्टा धर्ना दिइएको थियो। वैदेशिक रोजगार व्यवसायी संघले नेपाल सरकारले श्रम स्वीकृतिमा रोक लगाउनुको कारण मलेसियाका रोेजगारदाताहरुलाई आधिकारीक जानकारी दिएपछि उनीहरुले आफ्नो सरकारलाई दबाब दिएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.