|

जाजरकोट : यहाँका स्थानीय सरकारले डोजर लगाएर खनेका दर्जनौ सकडहरु वर्षायामको भलले छिया, छिया पारिदिएको छ ।

जमिन नै कम्जोर हुने गरि निर्माण गरिएका जिल्लाका ७ स्थानीय सरकारले निर्माण गरेका सडकहरु वर्षाको भलले पुरिदिएको छ। वतावरणिय प्रभाव मुल्याकंन बिना खनिएका यहाँका सडकहरुले दर्जनौ गाउँहरु समेत जोखिममा पारेको छ।

छेडागाड नगरपालिकाले खनेको अन्तरिक सडकहरु वर्षाको भलले बगाउँदा अहिले यातायातका साधनहरु सञ्चालन हुँन सकेका छैन्न। यो नगरपालिकाले कति सडक निर्माण गरेको छ भनि सोध्दा, सडक खनियो किलोमिटर थाहा छैन् भन्ने जवाफ नगरप्रमुख लालवहादुर महतराले बताए। यस नगरपालिकाले वडा ७ र ८ वडामा मात्र सडक निर्माण नभएको र अन्य सवै वडामा सडक सञ्जालले छोएको महतराले बताए। सडक निर्माण गरिएको सवै ठाउँमा यातायात सेवा भने वन्द भएको छ। वर्षाको भलले सडक अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुँन नसकेको हो। 

 त्यस्तै शिबालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले आफ्नो गाउँपालिका भित्र निर्माण गरिएको सडकको एकिन विवरण आउँन नसकेको बताए। यो गाउँपालिका भित्र आन्तरिक रुपमा सञ्चालनमा रहेका  सवै सडकहरु अवरुद्ध भएर यातायातका साधनहरु चल्न सकेका छैन्न। त्यस्तै जुनिचाँदे गाउँपालिका भित्र २० किलोमिटर सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष कृष्णवहादुर केसीले जानकारी दिए। यो गाउँपालिकामा यातायातका साधनहरु सञ्चालन छैनन्। सडक निर्माण काम भईरहेकोले अर्को वर्ष यातायातका साधनहरु चल्ने अध्यक्ष केसीले बताए। 

नलगाड नगरपालिकाले १६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने १५ किलोमिटर पुरानो सडकको स्तर उन्नतीको काम सम्पन्न गरेको नगरप्रमुख टेकवहादुर रावलले बताए। यो नगरपालिका जाजरकोट — डोल्पा सडक खण्डको वीचमा पर्ने भएकाले यहाँ यातायातका साधनहरु सञ्चालनमा रहेका छन्। केही नगरपालिका भित्रका आन्तरिक सडक अवरुद्ध भएपनि निर्माण गदै यातायातका साधनहरु सञ्चालन गर्ने काम भएको रावलले बताए। सडक विभागले निर्माण गरेका सडकमा यातायातका साधनहरु चल्न सकेका छैन्न। हिउँद याममा मै यातायातका साधनहरु सञ्चालन गर्न समस्य भएको नगरप्रमुख रावलले जानकारी दिए। सडक विभागले निर्माण गरेको नलगाडको वडा ८ स्थित मन्मै ‍-हल्चौर सडक , कायखेत -हल्चौर सडकमा यातायात चल्न सकेको छैन् ।

यी सडकमा हिउँद याममा नै यातायातका साधनहरु सञ्चालन हुँन सकेका थिएनन्। सडकको मापदण्ड भन्दा वाहिर गएर निर्माण गरिएका कारण यातायातका साधनहरु सञ्चालन हुँन नसकेको नगरप्रमुख रावलले बताउनुभयो । दुई सडक वडा नं ८ का वडा अध्यक्ष गोविन्द शाहीले आफै डोजर लगाएर खनेका थिए। यो सडकले कायखेत गाउँ , बगारा र मन्मै गाउँ समेत जोखिममा परेको छ। कायखेतमा सयौ रोपनीमा लगाएको धानबाली नष्ट हुनुका साथै ५ घर, परिवार समेत विस्थापित भएको नगरपालिकाले बताएको छ। 

बारेकोट गाउँपालिकाले यो वर्ष १० किलोमिटर सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए। कुशेगाउँपालिका सवै वडामा यातायातको पहुँच पुगेपनि वर्षायाम संगै सवै सडक अवरुद्ध भएका छन्। वर्षाको भलले सवै सडकमा क्षती पुगेको छ। भेरी नगरपालिका भित्रका अधिकांश स्थानीय सडकहरु अवरुद्ध भएका छन्। नयाँ निर्माण गरिएका सवै सडक अवरुद्ध भएको भेरी नगरपालिकाले जनाएको छ। नयाँ सडक कति निर्माण भयो भन्ने एकिन डाटा यो नगरपालिकाले दिन सकेको छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.