|

पर्वत : सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय, मुस्ताङले शिशु स्याहार केन्द्र र स्तनपान कक्षको शुरुवात गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता, पासपोर्टलगायतका सेवा लिन आउने महिला सेवाग्राहीको सुविधालाई मध्यनजर गरी शिशु स्याहार स्थल बनाइएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए।

‘सेवाका लिन आउने आमाहरुलाई बच्चा लिएर लाइनमा कतिबेर उभ्याउने?’ उनले भने, ‘उनीहरु लाइनमा उभिन नपरोस् र सेवा लिने समयमा पनि बच्चाले स्याहरा पाओस् भनेर सुरु गरेका हौं।’ यसबाट महिला र बालबालिकाहरुलाई प्रत्यक्ष सहयोग पुग्ने प्रजिअ पौडेलले बताए।

शिशु स्याहार केन्द्रमा दुई वटा बेतबाँसका कोक्रोको समेत व्यवस्था गरिएको छ। सेवाग्राहीले सेवा लिने क्रममा आफ्ना बालबालिकालाई कोक्रोमा राखेर सेवा लिन सक्ने छन्। त्यस्तै, कार्यालयमै स्तनपान कक्षको व्यवस्था गरिएको छ।

त्यसका साथै कार्यालयले सेवाग्राही महिलाका लागि छुट्टै शौचालय समेत व्यवस्था गरेको छ। कार्यालय परिसरलाई अपांगमैत्रीसमेत बनाइएको प्रजिअ पौडेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.