|

भद्रपुर(झापा) : गुणस्तरहीन अलकत्र उत्पादन गरेको भन्दै झापाको कनकाई नगरपालिका १ दुर्गापुरस्थित शिव निर्माण सेवामा आइतबार पुनः तालाबन्दी गरिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्र तथा हालको नेपाल कम्युनिष्ठ पार्टी अन्तर्गतको भातृ संगठन वाइसिएल झापाका उपाध्यक्षद्वय कुमार आचार्य, गणेश मगर र कनकाई नगर अध्यक्ष कुमार रायको नेतृत्वको टोलीले शिव निर्माण सेवाद्वारा उत्पादित अलकत्र उद्योगमा तालाबन्दी गरेका हुन्। 

सो उद्योगले गुणरस्तरयुक्त अलकत्र उत्पादन नगरेसम्म अनिश्चितकाली तालाबन्दी गरिएको वाइसियल झापाका उपाध्यक्ष कुमार आचार्यले बताए। उनका अनुसार शिव निर्माण सेवाद्वारा उत्पादित अलकत्राको प्रयोगले कनकाई ८ स्थित लक्ष्मीपुर क्षेत्रअन्तर्गतको हिमाली सडक, बुद्ध शान्तिको जयपुर, शिवसताक्षीको धरमपुर लगायतका कालोपत्रे सडक निर्माण भएको केही दिनमै सडक भत्किएको र कालोपत्रेमाथि नै झारपात उर्मिन थालिसकेको छ। त्यस्तै यसअघि तत्कालीन नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपाल झापाले सोही उद्योगमा तालाबन्दी गरेका थिए। 

असार २२ गते लगाइएको ताला तीनदिन पछि युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीको रोहवरमा उद्योगको सहमतिपश्चात खुलेको थियो। तर झापाका विभिन्न नगर तथा गाउँमा गरिएको कालोपत्रे सडक जस्ताको त्यस्तै कालाेपत्र त्यसमा कुनै पनि सुधार नआएको भन्दै वाइसिएलले पुनः तालाबन्दी गरेको तत्कालीन माओवादी केन्द्रका क्षेत्रीय इन्चार्ज तथा हाल नेकपाका झापा नेता गोपाल प्रसाइले जानकारी दिए। 

 
 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.