|

जारी विश्वकपमानै सर्वाधिक युवा स्टार  केलियन एमबाप्पेले आफूलाई अन्तर्राष्ट्रिय फुटबलमा नयाँ स्टारको रुपमा स्थापित गरेका छन्। एम्बाप्पेले एन्टोनि ग्रिजम्यानसँग मिलेर दुबैले ४-४ गोल गर्दे फ्रानसलाई ८ गोल दिलाउँदा युवा स्टार एम्बाप्पेको चर्चा उत्कर्षमा छ।

आमा अल्जेरिया र पिता क्यामरुनका रहेका एम्बाप्पे फ्रान्सले पहिलोपटक उपाधि (१९९८) जितेपछिका उत्पादन हुन्।अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण गोल गरेर एकाएक विश्वको ध्यान तानेका एम्बाप्पेले फाइनलमा क्रोएसियाविरुद्धको खेलमा उत्कृष्ट गोल गर्दू आफूलाई प्रमाणितसमेत गरे क्वार्टरफाइनल र सेमिफाइनलमा नेमारबाट प्रभावित बनेको भन्दै आलोचित बने पनि एम्बाप्पेले फाइनलमा आफूलाई सफल अवतरण गर्न सफल भए। 

स्टार छवि बनाएका लियोनेल मेसी र क्रिश्टियानो रोनाल्डोले लामो यात्रा तय गर्न सकेनन् अन्य कुनै पनि पुराना स्टार पनि चल्न सकेनन्। तर, युवा स्टार एम्बाप्पले भने आफूलाई विश्वकपबाट उदाएको सन्देश दिलए। एम्बाप्पे सन् १९५८ मा पेलेपछि विश्वकपको एउटै खेलमा दुई गोल तथा फाइनलमा समेत गोल गर्ने किशोर खेलाडी बनेका छन्। नकआउट चरणका प्रतिष्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्नु उनको राम्रो विशेषताका रुपमा देखिएको छ।

अघिल्लो सिजन मोनाकोबाट ठूलो रकममा यो सिजन स्थायी हुने गरी पिएसजी आएका एमबाप्पेले आफ्नो फिनिसिङ्ग क्षमता प्रस्तुत गरेका छन्, विश्वको सबैभन्दा ठूलो मञ्चमा । उनले फाइनलको ६५ औँ मिनेटमा टिमका लागि चौथों गोल गर्दे टिमको जित सुनिश्चित गरे। उनी प्रतियोगिताको उत्कृष्ट यृुवा खेलाडीसमेत बने।

खेल अवधिमा एम्बाप्पेले ३७ कि.मी प्रतिघण्टाका गतिमा मैदानमा दौड गरेका थिए। उनले विश्वका तेज गतिमा दौडन सफल रोनाल्डोको ३४ किमी प्रतिघण्टाको गतिलाई पछि पारे। फ्रान्सले जारि विश्वकपमा हरेक खेलमा ९० मिनेटमानै जित निकाल्दा एम्बाप्पे र ग्रिजम्यानको जोडी सर्वाधिक राम्रो लयमा देखियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.