|

काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो खेलका लागि १५ सदस्यीय किक्रेट टोलीको घोषणा गरिको छ।

बेलायतमा हुने मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्ध र नेदरल्याण्ड्समा हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान खड्का र आइसिसी प्रतिनिधि अनिमुल इस्लामले १५ सदस्यीय टोली छनौट गरेका हुन्।

टोलीमा अनिल शाह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन्। पारस खड्काको कप्तानीमा रहेको उक्त टोलीको उपकप्तानी ज्ञानेन्द्र मल्ल गर्ने छन्।

नेपालले यही जुलाई २९ तारिखमा लर्ड्समा  त्रिकोणात्मक श्रृखंला खेल्दै छ। त्यसपछि नेपाली टोली दुई एकदिवसीय खेलका लागि नेदरल्याण्ड्स जानेछ। नेदरल्याण्ड्समा नेपालले घरेलु टोलीसँग अगष्ट १ र ३ मा दुई खेल खेल्नेछ। टी–२० फरम्याटमा हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.