|

कञ्चनपर : कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ।

कृष्णपुर नगरपालिका-२ बाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका-७ लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेठ्ठीले बताए। पक्राउ परेका बोहरालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उनले बताए।

दुई दिनअघि प्रहरीले विष्टको हत्याको आरोपमा २१ वर्षीय मदन गिरीलाई पक्राउ गरेको थियो। विष्टको असार ३२ गते विहान एक बजे लालझाडी गाउँपालिका-५ लाझाडी जंगलको आमखैया नजिक शव फेला परेको थियो। विष्ट असार २६ गते घरबाट हराएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.