|

काठमाडौं : बजेटमा छुट्याइएको बाहेकका शीर्षकमा रकम खर्च नगर्न संसदले दिएको निर्देशनविपरीत सरकारले चार महिनामै २३ अर्बभन्दा बढी रकमान्तर गरेको छ। 

आर्थिक अनुशासन कायम गर्न रुपान्तिरित संसदका विभिन्न समितिले रकमान्तर गरी खर्च नर्गन सुझाए पनि यस वर्षसमेत रकमान्तर समस्या घटेको देखिएन।
बजेटमा विनियोजन गरिएको भन्दा फरक शीर्षकका आयोजना तथा क्रियाकलापमा सरकारले यसपटक पनि ठूलो रकम खर्च गरेको देखिएको छ। 

अर्थ मन्त्रालयका अनुसार पछिल्लो चार महिना (फागुन, चैत्र, वैशाख र जेठ) मा मात्र विभिन्न शीर्षकमा २३ अर्ब रुपैयाँ रकमान्तर भएको खबर राजधानी दैनिकमा छ। यो क्रम असारमा झनै बढेको छ। यस्तो रकम खासगरी सवारी साधन खरिद, नदी नियन्त्रण, विदेश भ्रमण ग्रामिण सडक निर्माण, पुनर्निर्माणलगायतका शीर्षकमा खर्च भएको पाइएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.