|

पर्सा : पर्साको उदयपुर घुर्मीमा एक किशोरीको झुण्डिएको अवस्थामा शव फेला परेको छ। आफ्नै घर नजिकैको गोठमा झुण्डिएको अवस्थामा ती किशोरिको शव फेला परेको हो।

झुण्डिएको अवस्थामा किशोरीको शव फेला परेपछि परिवारजनले प्रहरीलाई खबर गरेको वीरगन्ज महानगरपालिका-१३ श्रीपुर वडाका प्रहरी निरीक्षक कुमार मैनालीले बताए। झुण्डिएको अवस्थामा मृत्यु भएकी किशोरी स्थानीय रामाधार मण्डलकी १५ वर्षीया छोरी शुस्मा कुमारी मण्डल रहेको उनको भनाइ छ। शवको मुचिल्कापछि पोष्टमार्टमको लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालतर्फ पठाइएको प्रहरी निरीक्षक मैनालीले बताए।

'किशोरीको मृत्युको कारण खुल्न सकेको छैन। तथापि शवको प्रकृति हेर्दा आफैँ झुण्डिएर आत्महत्या गरेको जस्तो देखिन्छ', उनले भने। थप जानकारी भने अस्पतालको पोष्टमार्टमबाट आउने र आफूहरूले पनि अरू अनुसन्धान गर्ने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.