|

काठमाडौं : रुकुम(पूर्व)को सिस्ने गाउँपालिका पाँचमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। सिस्ने गाउँपालिकाको रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु१ज २५७३ नम्बरको जिप धारपानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

मृतकको पहिचान हुन सकेको छैन। दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य संस्थासम्म ल्याउने काम भइरहेको छ। नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ। बर्खाको समयमा बाटो चिप्लो भएका कारण जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि के कारणले दुर्घटना भयो भन्ने बारेमा जानकारी हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.