|

काठमाडौं : महानगरीय अपराध महाशाखाले करीब १०० वर्ष पुरानो बहुमूल्य मूर्तिसहित दुई जनालाई पक्राउ गरेको छ।

महाशाखाको टोलीले प्राचीन पुरातात्विक महत्त्वको मूर्ति बिक्री गर्न हिँड्दै गरेका पाल्पाका २७ वर्षीय दोलखबहादुर सोमई र काभ्रेपलाञ्चोकका ३७ वर्षीय दीपक मैनालीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले मैनालीको कोठामा रहेको मूर्ति सोमईलाई बेच्न दिएकाले दुवै जनालाई पक्राउ गरेको जानकारी दिए। ढलौटको मूर्ति आठ किलोग्राम १७० तौल र ३४ सेन्टिमिटर लम्बाइ रहेको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.