|

चितवन : इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। पहिरोका कारण बिहीबार बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडक अवरुद्ध हुँदा चितवनबाट काठमाडौं र पोखरालगायत क्षेत्रमा जाने र आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। पानी पर्ने क्रम जारी रहेको छ।

लोडरको सहयोगमा पहिरो पन्छाउने काम सुरु भएको चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले बताए। पहिरो ठूलो खसेकाले पन्छाउन करिब पाँच घण्टा लाग्ने प्रहरीको भनाइ छ। ट्राफिक प्रहरीले पहिरोले बाटो रोकिएको भन्दै सुरक्षित स्थानमा ओभरटेक नगरी सवारी रोक्न चालकहरुलाई अनुरोध गरेको छ। 

चितवनको नारायणगढ मुग्लिन सडक चौडा पार्ने क्रममा विभिन्न क्षेत्रमा भित्तो काटिएकाले यहाँका ठाउँठाउँमा बारम्बार पहिरो खसेर यातायात प्रभावित बनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.