|

काठमाडौं : प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित भएको छ।

बिहीबार १ बजेका लागि बोलाईएको बैठक संसद सचिवालयले सूचना टाँसेर ११ गते सम्मका लागि स्थगित भएको जनाएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरोध गर्ने जनाएको थियो।

आजको बैठकको कार्यसूचीमा परिमार्जन गर्दै बीमा विधेयक २०७५ लाई मात्र प्रस्तुत गर्ने कार्यतालिका रहेको थियो। उक्त विधेयक  प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो।

यसअघि आजको कार्यसूचीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची पनि राखिएको थियो। जसमा परिमार्जन गर्दै उक्त विषय कार्यतालिकाबाट हटाइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.