|
फाइल फोटो

काठमाडौं : वर्षासँगै पहिरोको चपेटामा परेको नारायणगढ–मुग्लिङ सडकखण्डको सत्रकिलोमा सडक भासिएपछि यात्रुहरूले झनै सास्ती व्यहोर्नु परेको छ।

गाईघाट नजिकै रहेको नारायणगढ– मुग्लिङ सडकखण्डको १७ किलोमा सडक भासिएपछि यात्रुहरू झनै मारमा परेका हुन्। २५ मिटर लम्बाई र ५ मिटर चौँडाई बराबरको सडक भासिएपछि एकतर्फि रूपमा मात्रै सवारी साधनहरू मुस्किलले सूचारु गराउने काम गरिएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। उनले तत्काल भासिएको सडक मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए। फेरि निरन्तर वर्षा भए नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध हुने प्रहरी निरीक्षक गौतमले बताए।

उक्त स्थानमा १० वर्षअघि पनि सडक भासिएपछि रड एङकरिङ अर्थात रडमा नडबोल्ट कसेर मर्मत गरिएको थियो। अहिले पनि सोही नटबोल्ट लुज भएर सडक भासिएको हुन सक्ने प्राधिविकहरूले बताएका छन्। सडक भासिएपछि काठमाडौंबाट गएका विज्ञहरूले अध्ययन एवं निरीक्षण गरे पनि समस्या समाधानका लागि तत्काल कुनै सुझाव नदिएको स्थानीयको गुनासो छ। सडक भासिएपछि त्यसको कारणको खोजी गर्ने काम विज्ञहरूले गरिरहेको नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए।

दैनिक नौं हजारभन्दा बढी सवारी साधान आवातजावत हुने सो सडक खण्ड भासिएपछि यात्रुहरू झनै मारमा परेका छन्। तत्काल त्यसको पुनर्निर्माण नभए सो सडकखण्ड नै अवरुद्ध हुने ट्राफिक प्रहरीको चेतावनी छ। पहिरोको चपेटामा परेको सो सडकखण्डको भासिएको ठाउँ तत्काल मर्मत नभए हजारौं यात्रुले यात्रा गर्नबाट बञ्चित हुनुपर्ने अवस्था आउने निश्चित् छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.