कार्यपालिकामा छुट्टा-छुट्टै बजेट पेश

|

सल्यान : जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले करोडौंको आर्थिक चलखेल गरेको नगरकार्यपालिकाले आरोप लगाएको छ। कार्यालय व्यवस्थापनका लागि प्रदान गरेको एक करोड रकमको कमसल खालको सामान खरिद गरी ठूलो आर्थिक चलखेत गरेको बुहसंख्यक कार्यपालिकाका सदस्यहरूले आरोप लगाएका छन्। 

बिहीबार बन्गाड कुपिन्डे नगपालिका १ सल्ली बजारमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख सहितको बहुसंख्यक कार्यापालिका सदस्यहरूले आर्थिक वर्ष सकिँदा समेत खर्च विवरण पारदर्शी रुपमा नदेखाएको, कार्यपालिकाको नियम विपरित नगरमा कर्मचारी भर्ना गरेको, अन्य जनप्रतिनिधिलाई अभद्र व्यवहार गर्नेदेखि धम्की दिने लगायतका कार्य नगरप्रमुख गोविन्द पुनले गरेको पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

१७ जना कार्यपालिका सदस्यहरूले बिहीबार संयुक्त रुपमा प्रेस विज्ञप्ति निकालेर आर्थिक वर्ष २०७४/०७५ को आय व्यय विवरण प्रमुखले प्रस्तुत गर्न नचाहेको र कार्य सम्पन्न भएका योजनाहरुको भुक्तानी समते रोकेको जनाएका छन्। त्यस्तै प्रथम नगरसभा २०७४/०७५ ले प्राप्त गरेको विनियोजन बजेट कार्यान्वयनको प्रक्रियामा नै नलगी दोस्राे नगर सभाको आयोजना गरी प्रमुखले मनोमानी रकम वाँडफाँड गरेर कतिपय योजनामा नगर उपप्रमुखलाई दवावमा राखी आफैले समेत अनुगमन समितिको ठाउँमा हस्तक्षर गरी योजनाको भुक्तानी दिएको बताएका छन्।

जारी गरिएको विज्ञप्तिमा प्रवर्द्धनात्मक क्षेत्रमा (लक्षित वर्गलाई) विनियोजन गरेको बजेट कार्यपालिकाको निर्णय विपरित गैर सरकारी संस्थालाई मनोमानी बाँडफाँड गरी ठूलो आर्थिक चलखेल गरेको, कार्यपालिकाको निर्णय विपरित नगरमा कर्मचारी भर्ती गरेको, डिपिआर को नाममा आर्थिक चलखेल गरेको गरेको, नेपाल सरकारले देशभरिका स्थानीय तहमा २०७५ असार १० गतेसम्म नगरसभा गरी सक्ने निर्णय विपरित हालसम्म पनि नगरसभा नगरेको र हरेक बैठकमा किर्ते माइन्युट गराउने गरेको र कार्यपालिकाको बैठकमा प्रस्ताव र छलफल नै नगराएर आफू सुखी निर्णय गर्ने गरेको।

८० उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरूको क्षेत्रा अधिकारमा हस्तक्षेप गरी हुकुमी शासन चलाउनुको साथै जनप्रतिनिधिहरूले प्रति अभद्र व्यवहार गर्ने र धमकाउने थरकाउने गरेको लगायतका आरोप लगाइएको छ। यस्तै आ व २०७५/०७६ को प्रस्तावित वजेट अधिकार क्षेत्र बाहिरबाट पक्षपात पूर्ण रूपमा आफू खुसी बजेट ल्याएको,नगर शिक्षा समिति कार्यपालिकाको बैठकमा छलफल र निर्णय नगराई आफू खुसी गठन गरेको, सार्वजनिक सुनुवाइ सार्वजनिक खु्ला स्थानमा गर्न आग्रह गर्दा पनि नगरेको, नगरपालिकाले गाडी भाडामा लिँदा टेन्डर आव्हान नगरी आफू खुसी आफ्नो गाडी भाडामा लिइ मोटो रकम लिएको लगायतका आरोप रहेका छन्। 

नगर प्रमुृख र उपप्रमुख सहितको कार्यापालिकाको विवादका कारण चाल आवको बजेट विनियोजना हुन सकिरहेको छैन। नगरप्रमुख र उपप्रमुख दुबै जनाले छुट्टा-छुट्टै बजेट कार्यपालिकाको बैठकमा प्रस्तुत गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.