|

सिन्धुपाल्चोक : आर्थिक वर्ष २०७४/७५ मा सिन्धुपाल्चोक जिल्लाको चालु र पुँजीगत गरी एक अर्ब ७० करोड ९१ लाख ७० हजार ५२६ रुपैयाँ ९९ पैसा बजेट फ्रिज भएको छ।

२२ अर्ब १९ करोड ८८ लाख ९६ हजार ८ सय ३१ रुपैयाँ २० पैसा रहेकोमा २० अर्ब ४८ करोड ९७ लाख २६ हजार ३०४ रुपैयाँ २१ पैसा मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष तथा लेखा नियन्त्रक लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए। यसवर्ष कुला बजेटको ९२.३१ प्रतिशत बजेट खर्च भएको छ।

चालु बजेटतजर्फ १९ अर्ब ६८ करोड १४ लाख आठ हजार ३८१ रुपैयाँ २० पैसामा  १८ अर्ब ९५ करोड १ लाख ३९ हजार ८०७ रुपैयाँ १७ पैसा खर्च भएको छ। चालुतर्फको ७३ करोड १३ लाख ४३ हजार २७४ रुपैयाँ २ पैसा रकम अर्थात ९४.७ (प्रतिशत) फ्रिज भएका छ।

यस्तै, पुँजीगत बजेटतर्फ दुर्इ अर्ब ९१ करोड ५४ लाख १३ हजार ७५० बजेट रहेकोमा एक अर्ब ९३ करोड ९५ लाख ८७ हजार ४९७ रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फको बजेटमा ९७ करोड ५८ लाख २६ हजार २५३ रुपैयाँ (७७.११ प्रतिशत) बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

यसवर्ष सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै बजेट जिल्ला समन्वय समितीले खर्च गरेको छ। समन्वय समितिले पुनर्निमाणको लागि करीब १३ अर्बभन्दा धेरै बजेट खर्च गरेको जनाएको छ।

गत आर्थिक वर्षमा पनि सिन्धुपाल्चोकका सरकारी कार्यालयहरूबाट काम नभएकै कारणले एक अर्ब ४५ करोड ३८ लाख ४९ हजार रुपैयाँ फ्रिज भएको थियो। चालु बजेटतर्फ ८९ करोड ७२ लाख ६८ हजार ८८९ र पुँजीगतर्फ ५५ करोड ६५ लाख ८१ हजार ७०६ रुपैयाँ फ्रिज भएको थियो।

यस कारण फ्रिज

कार्यालयको चालु र पुँजीगततर्फबाट यति ठूलो रकम काम पूरा हुन नसक्दा फ्रिज भएको छ। काम भएको जिल्लाका अधिकांस विकास निर्माणका कामहरू आर्थिक वर्षको अन्त्यमा आएर संचालन गर्ने र त्यसको गुणस्तरदेखि स्टमेट अनुसारको परिणाममुखी समेत नहुने गरेकोले धेरै बजे फ्रिज हुने गरेको छ।

वर्षायाम सुरु भएपछि मात्रै काम गर्न थाल्ने प्रवृत्तिको कारणले अधिकांस योजनाहरू कागजमा मात्र सम्पन्न हुने गरेको स्रोतको दावी छ। प्राविधिक स्टमेटभन्दा फरक काम हुने, उपभोक्ता समितिले नाफा खाएर ठेकेदारलाई काम जिम्मा दिने, एउटै व्यक्ति तीनवटासम्म उपभोक्ता समितिको अध्यक्ष हुने, उपभोक्ताले लगानी नै नगर्नेदेखि जिल्लाका प्राविधिकहरू एक पटकदेखि दोर्‍याएर फिल्डको गरेकोले ठूलो रकम फ्रिज भएको हुनसक्ने कोष तथा लेखा नियन्त्रक निरौलाको भनाइ छ। सरकारी कार्यालयको समयमै काम पूरा गर्न नसकि बजेट फिर्ता गएको त्यो पहिलो नभएर निन्तरता जस्तै बनेको सरकारी अधिकारीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.