काठमाडौं : भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जय शम्भु’को रोमान्टिक गीत रिलिज भएको छ। बिहिबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी फिल्ममा समावेश ‘म त परे तिम्रै भर’ बोलको गीत रिलिज गरिएको हो।
गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। अमृता नेपालको शब्द समावेश गीतमा टंक र अन्जु पन्तको स्वर सुन्न सकिन्छ। रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको गीतको भिडियोमा निकै सुन्दर सेट बनाइएको छ। फिल्मका मूख्य कलाकार अनुप विक्रम शाही र वर्ष सिवाकोटी फिचरिङ भिडियोको बाहिरी लोकेशन पनि उत्तिकै मनमोहक छ। भिडियोमा अनुप र वर्षाको केमेष्ट्रि निकै सुहाएको पाइन्छ।
एक्सन लभ स्टोरी फिल्ममा अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मि भट्ट, वसन्त भट्ट, राजकुमार थापा, कालु रानाको पनि भूमिका रहेको छ। रूपेश तमाङले निर्देशन गरेको फिल्ममा दिनेश शाही प्रस्तुतकर्ता रहेको छन् भने अरवीन्द्रमान शाक्य निर्माता हुन्। चक्र पाख्रिन कार्यकारी निर्माता रहेको फिल्ममा कुशल शर्मा र शिक्षा काफ्लेको पनि लगानी रहेको छ। हरि घले खिचेको फिल्मलाई बनीश शाहले सम्पादन गरेका छन्।
हेर्नुहोस् गीत :
तपाईंको ईमेल गोप्य राखिनेछ ।