|

काठमाडौं : उपत्यकामा बाहिरी चक्रपथ निर्माणको चर्चा हुन थालेको वर्षौँ बितिसके पनि अझै निमाण सुरु हुन सकेको छैन। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार पछिल्लो समय विभागीय मन्त्रीले नै बाहिरी चक्रपथ निर्माण रोकेका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणले चक्रपथ निर्माणसम्बन्धी सबै विवरण मन्त्रालय पठाएको अवस्थामा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण प्रक्रियामा थप छलफल गरी निर्णय लिनुपर्ने भन्दै प्रक्रिया रोकेका हुन्। ‘यसको थप अनुसन्धाा आवश्यक परेको र तीन आनाभन्दा कमको टुक्रा बनाएर जग्गाको कित्ताकाट धेरै भएकाले यसबाट हुने समस्यालाई दृष्टिगत गरेरै हाललाई निर्माण रोकिएको हो’, मन्त्री राईले भने।

राज्यलाई भार पर्नेगरी ८५० रोपनी जग्गा थप गरेर दिनुपर्ने भएपछि रोकिएको उनको भनाइ छ। १४ वर्षअघि निर्माण घोषणा भएको ७२ किलोमिटर लम्बाइको बाहिरी चक्रपथमध्ये पहिलो चरणमा चोभार–सतुंगल खण्ड ६.६ किालोमिटरको प्रक्रिया अघि बढाउने लक्ष्य थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.