|
प्रतीकात्मक तस्विर

काठमाडौं : गलत नियतले महिलामाथि कर्के नजर लगाउनु कानुनी रूपमा अपराध हो भन्ने कुरामा कतिको सचेत हुनुहुन्छ? हुनुहुन्न भने अब हुनुहोस्।

गोरखापत्र दैनिक लेख्छ, कुनै महिलाप्रतिको हेराइ ‘गलत’ आशयमा छ भने त्यस्ता पुरुषमाथि आशय करणीसम्बन्धी कानुन आकर्षित हुने गर्छ। मुलुकी ऐनजस्तै मुलुकी अपराध(संहिता) ऐन २०७४ ले महिलालाई इच्छाविपरीत छुनु तथा जिस्क्याउनुलाई अपराध मानेको छ।

भदौबाट लागू हुने मुलुकी फौजदारी संहिताले ऐनमा महिलाको मञ्जुरीविना कुदृष्टि वा ‘नजर’ लगाई करणीको अशयले हेरेमा, शरीका संवेदनशील अंग छुने प्रयास गरेमा, अश्लील शब्द प्रयोग गरेमा वा अश्लील शब्दले गाली गरेमा यौन दुर्व्यवहार अपराध हुने व्यवस्था गरेको छ।

त्यस्तै लिखित, मौखिक, सांकेतिक भाषा, तस्विर, चित्र देखाई वा विद्युतीय उपकरण प्रयोग गरी यौन आशयले जिस्काएमा, अस्वाभाविक, अवाञ्छित र अमर्यादित व्यवहार गरेमा पनि यौन दुर्व्यवहार गरेको ठहरिने कानुनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.