|

काठमाडौं : नेपाली महिलाहरूको चाड तीज नजिकिदै छ। तीजको सन्दर्भमा थुप्रै तीज गीत बजारमा आइरहेका छन्। यसै सन्दर्भमा गायक विक्रम राना मगर र ज्योती मगरले टिपिकल तीज भाकामा आधारित तीज गीत 'उठ माया जुरुक्कै नाच फुरुक्कै' बजारमा ल्याएका छन्।

खासगरी पश्चिमेली लोक लयमा आधारित उक्त तीज गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। चर्चित शब्द संकलक करण न्यौपानेको शब्द तथा लय रहेको उक्त गीतमा विक्रम राना मगर र ज्योती मगरले स्वर दिएका छन्। 

विन्दबासिनी म्युजिक प्रालिको प्रस्तुति रहेको उक्त गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन्। उक्त गीतको भिडियोमा विक्रम राना र अरुसी मगरले अभियन गरेका छन्। साइ भिजन प्रालिले निर्माण गरेको गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका छन्। 

भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.