राजपाले भन्यो सदन अवरोधमा हाम्रो सहमति छैन

|

धनगढी : प्रदेश नम्बर सातमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि शुक्रबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगीत भएको छ। शुक्रबार दिउसो ३ बजे बैठक सुरु भएलगत्तै कांग्रेसका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए। सभामुख अर्जुन बहादुर थापाले तीनपटक बस्न आग्रह गरेपनि सांसदहरु नबसेपछि बैठक स्थगित गरिएको हो।

बैठक बस्नुपूर्व बसेको कार्यब्यवस्था पारमर्श समितिले  शुक्रबारको बैठकमा शून्य  समय र गाउँ सभा तथा नगर सभाको कार्य संचालन सम्बन्धि ब्यवस्था गर्ने बनेको बिधेयक २०७५ का बिषयमा कार्यसूचि तयार गरेको थियो। बैठक सुरु भइसकेपछि प्रमुख प्रतिपक्ष नेपाली काग्रेसका सांसदहरुले उठेर बिरोध जनाएका थिए।

उनीहरुले आफूहरुलाई सभामुखले धारण राख्न नदिएको आरोप लगाएका छन्। ‘हामीले बिरोध जनाएपछि सभामुखले किन उठेको पनि भन्नुभएन, हामीले हाम्रो कुरा राख्न पाएनौं’ काग्रेसका सचेतक टेक बहादुर रैकाले भने। बैठक स्थगित पछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै काग्रेस नेता भरत बहादुर खड्काले केन्द्र सरकार अधिनायकबाद तर्फ उन्मुख भएपछि आफूहरुले सदन अवरुद्ध गरेको बताए।

अपहरण शैलीका डा. केसीलाई काठमाडौं लगिएको छ, यो लोकतन्त्र बिरोधी कार्य हो’ नेता खड्काले भने ‘यस्ता गतिबिधी नरोकिए सम्म सदन चल्दैन।’ उनले अब काग्रेसले सशक्त प्रतिपक्षको भूमिमा बस्ने बताए। शुक्रबारको बैठकमा काग्रेस संसदिय दलका नेता लगाएत केही सांसदहरु उपस्थित थिएनन्।

प्रदेश सातमा रहेका १२ जना मध्य ६ जनाले  बिरोध जनाइरहदा अर्काे प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टी राजपाका सांसदहरु भने उठेनन्।  राजपाकी सांसद मालामति कुमारी रानाले आफूहरु संसद अवरुद्धमा सहमत नभएको बताइन्। ‘प्रतिपक्षले संसद रोके नभन्नुहोला’ उनले भनिन् ‘काग्रेसले मात्रै अवरोध गरेको हो हामीले होइन।’ संघीय सरकारबाट केही कमजोरी भएपनि प्रदेश सातको संसद अवरोध गरेर ती प्रभाव नपर्ने उनले बताइन्।

सत्तारूढ दलका सांसदहरुले पनि प्रदेशसंग सम्बन्धित बिषय भन्दा फरक बिषयमा संसद अवरोध गर्न नहुने बताए। ‘मुलुकका जुनसुकै स्थानमा घटना हुन सक्छ, कर्णाली प्रदेशको बिषयलाई लिएर प्रदेश सातमा संसद अवरोध गर्नुहुदैन’ नेकपाकी सांसद पूर्णा जोशीले भनिन्। ‘संसदमा बिमत्ति राख्न पाइयो, केही महत्वपूर्ण बिषयमा सुझाव दिन पनि पाइयो तर सदन अवरुद्ध गर्नु हुदैन ’ सांसद जोशीले भनिन्।

बिभिन्न विधेयकहरु पास गर्नुपर्ने बेला काग्रेसले संसद अवरोध गरेपछि विधेयकहरु पास गर्न समस्या भएको नेकपाका महेशदत्त जोशीले बताए। उनले भने ‘आजै एउटा बिधेयक पास हुदैथियो, केन्द्रको सर्कुलरमा प्रदेशमा संसद अवरोध भयो। ’ यसरी अवरोध भए कानून निमार्णमा ढिलाइ हुने उनले बताए।

बुधबार बिधायन तथा प्रदेश मामिला समितिबाट प्रतिबेदन सहित आएको गाउँसभा तथा नगरसभाको कार्य संचालन सम्बन्धि ब्यवस्था गर्ने बनेको बिधेयक २०७५ माथिको छलफल रोकिएको छ। समितिका ज्‍येष्ठ सदस्य कृष्ण सुबेदीले पेस गर्ने कार्यसूची रहेकोमा अब ७ गते उक्त बिधेयकमाथि छलफल हुने भएको छ।

सभामुख अर्जुन बहादुर थापाले तीन पटक सम्म सांसदलाई बस्न आग्रह गरेपछि बैठक सात गते सम्मका लागि स्थागित भएको सभामुुख थापाले घोषणा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.