|

पाल्पा : पाल्पामा मोटरसाइलको ठक्करबाट शुक्रबार पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका–४ स्लामपुरका ७५ वर्षीय मुस्ताज मिया रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

रामपुरको बाँगेपसलदेखि स्लामपुरतर्फ जाँदै गरेको लु४०प ६३०७ नम्बरको मोटरसाइकलले रामपुरकै सदावर्तभन्ने ठाउँमा बेलुकी ६ बजेतिर ठक्कर दिएको हो। मोटरसाइकल चालक रामपुर नगरपालिका–४ का हुसेन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक सुनार र मोटरसाइकल पछाडि सवार रामपुर नगरपालिका–५ वेझाडका सन्तोष खनाल सामान्य घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि रामपुर अस्पतालमा लगिएको छ।

चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रनाउ घिमिरेले बताए। उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले वृद्धलाई ठक्कर दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.