|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका -१ का वडाअध्यक्ष आसेफ कुँवरले अाफूले पाउने मासिक तलब ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दृष्टिविहीन र विपन्न परिवारलाई बाँडेका छन्। तलव बाफतको एक वर्षको दुई लाख ६२ हजार रकम वडा अध्यक्ष कुँवरले वितरण गरेका छन्।

चुनाव लड्दा विजयी भएपछि नगरपालिकाबाट कुनै सुविधा नलिने घोषणा बमोजिम तलव वाफतको रकम  जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दृष्टिविहीन र विपन्न परिवारलाई बाँडेर बाचा पूरा गरेको वडा अध्यक्ष कुँवरले बताए। तलव बाफतको रकम १६२ जनालाई एक हजार ५०० का दरले उनले बाँडेका हुन्। 

वडाध्यक्षको मासिक तलब २२ हजार रहेको छ। वडा अध्यक्षले असहायलाई तलव बाँडेर गुन लगाएको ८६ वर्षीय लालबहादुर कुँवरले बताए। उनले भने, ‘पञ्चायतदेखि लोकतन्त्र आउँदासम्म वडामा धेरै प्रतिनिधि आए। तर कसैले सहयोग गरेनन्। कुँवर आएपछि उनले तलव बाँडेर सबैको आदर्श बनेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.