|

गोरखा : नेपाल कम्युनिस्‍ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको स्वास्थ्य र शिक्षामा देखिएको विकृति अन्त्य गर्न सरकार गम्भीर रहेको बताएका छन्। पुष्पलाल स्मृति दिवसमा सहभागी हुन गोरखा आइपुगेका श्रेष्ठले पत्रकार सम्मेलनमा स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्नुपर्ने घुमाउरो तर्क गरे।

‘स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्‍यो भने तिनै मानिसहरु संविधानको उलंघन गर्‍यो, सरकार नीजिकरणका विरुद्ध लाग्यो, अधिनायकवाद भनेको यही हो भन्छन् उनले भने, ‘त्यसैले सरकार नवउदारीकरणको नीतिले नेपालको शिक्षा र स्वास्थ्यमा देखिने विकृतिलाई समाधान गर्न दृढ छ।’ विकासविरोधीहरु अहिले आत्तिएको उनले बताए। ‘राजनीतिक स्थायित्व लिएर सरकार अगाडि बढिरहेको बेला अब देशमा विकास र समृद्धि हुने भयो भनेर विकासविरोधीहरु आत्तिएका छन्,’ उनले भने।

‘अनशनरत डा.गोविन्द केसीले भनेका कुरा गर्नुहुँदैन वा उहाँले भनेका सबै कुरा पूरा गर्नुपर्छ भन्नेभन्दा पनि ऐन, नियम, संविधानले व्यवस्था गरेअनुसार हुनेछ’ उनले भने, ‘केसीले उठाएका मुद्धाहरूलाई विनापूर्वाग्रह छलफल गरिनेछ। केसीलाई कसैले आफ्नो राजनीतिक अभिष्ठा पूरा गर्न, पाप पखाल्न प्रयोग गरिरहेको प्रति दुःख लागेको छ।’

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पैदा भएको विकृति हटाउन प्रतिबद्ध रहेको बताए। ‘शिक्षा र स्वास्थ्यको विकृति हटाउन प्रतिबद्ध छौँ। यसमा कसैसँग सम्झौता हुँदैन’ उनले भने, ‘अहिलेचाहिँ यसको प्रस्तावक नवउदारवादका आयातकर्ताहरू नवउदारबादका अन्तपक्ष पोषकहरू जुन प्रकारले यसको पक्षपोषण गरेका छन्।’ अनशनरत केसीसँग जतिबेला पनि वार्तामा बस्न तयार रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.