|

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सकिएको छ। जोशीविरुद्ध संसदीय सुनुवाइमा पाँचवटा उजुरी परेका थिए। जसमा शैक्षिक योग्यतादेखि फैसलाबारेका विवादसम्म थिए।

संसदीय सुनुवाइका क्रममा जोशीले न्यायिक सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरे। उनले कार्ययोजनामा आफ्नो कार्यकाल ३८० दिन रहने र ती प्रत्येक दिनका लागि परिणामयुक्त काम गर्ने बताए। 

कार्ययोजनामा जोशीले न्याय सम्पादनमा जोड, अदालतमा सर्वसाधारणको पहुँच, न्यायिक उत्तरदायित्व र सुशासन कायम गर्ने, अदालतका फैसलाहरू कार्यान्वयनमा ल्याउनेजस्ता कुराहरू प्रस्तुत गरेका थिए।

सांसदहरूले न्यायपालिकामा हुने भ्रष्टाचार र उनको शैक्षिक प्रमाणपत्रहरूबारे र उनले गरेका फैसलाबारेको विवादसम्बन्धमा कुरा उठाएका थिए। सांसदहरूले उठाएका प्रश्नहरूमा फैसलाहरू अन्तरिम भएकाले जोशीले बोल्न चाहेनन्। 

सुनुवाइ सकिएपनि निर्णय भोलि मात्र सुनाइने भएको छ। आजको बैठकले उनको नाम पारित गरेको छैन। संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.