|

ललितपुर : उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युत सेवामा देखिएका सुरक्षा चुनौतिलाई व्यवस्थित गरिने बताएका छन्। शुक्रबार ललितपुरमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौधौ वार्षिक समारोहलाई सम्बाेधन गर्दै मन्त्री पुनले विद्युत् प्रशारण लाइन सुधारमा आवश्यकता टट्कारो रुपमा देखिएकाले आवश्यकताअनुसार सव स्टेसनको व्यवस्था गरी आवश्यक प्रवन्ध मिलाउने बताए।

वर्षादको समयमा मुलुकका अधिकांश स्थानमा काठको पोल ढल्ने र त्यही कारणले दुर्घटना हुने गरेको भन्दै काठको पोल विस्थापित गरी सुरक्षित विद्युत् प्रशारण लाइनको व्यवस्था गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रतिवद्धता पनि जनाए। उर्जा क्षेत्रको विकासका साथै समग्र विकासलाई सुनिश्चितता गर्ने वातावरण सिर्जना गर्नतर्फ सरकार लागिरहेकाले उर्जा उत्पादन र त्यसमा सबैको पहुँच पुर्‍याउनेतर्फ मन्त्रालय गम्भीर रहेको बताए। उनले उर्जा क्षेत्रमा लगानी विस्तारका लागि आवश्यकता अनुसार औद्योगिक ऐन परिमार्जन गरिने बताए।

कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्वाधारका कारण लोडसेडिङ गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनका लागि पूर्वाधार निर्माण र शहरी क्षेत्रको विद्युत् प्रशारण प्रणाली सुधारको आवश्यकता रहेकाेऔल्याए। उनले उर्जा खपत बढाउने सवालमा ग्रामीण विद्युतीकरणको महत्वपूर्ण भूमिका रहने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.