|

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संसदीय समिति बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। प्रधानन्याधीशमा सिफारिसका लागि दीपकराज जोशीको शुक्रबार नै संसदीय सुनुवाइ सकिएको थियो। जोशीविरुद्ध संसदीय सुनुवाइमा पाँचवटा उजुरी परेका थिए। जसमा शैक्षिक योग्यतादेखि फैसलाबारेका विवादसम्म थिए।

सोमबार संसद सचिवालय सिंहदरबारमा बैठक बसे पनि केही निर्णय नभएको हो। समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा जोशीबारे गहन छलफल गर्नुपर्ने भएकाले केही समय आवश्यक परेका कारण बुधबार तीन बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए।

अाजकाे वैठकले जाेशीकाे अनुमाेदनका विषयमा निर्णय गर्ने बुझिएको थियाे। विहिबार जाेशीकाे सनुवार्इ भएपछि शुक्रबार  निर्णाय अाउने नेताहरुले बताएका थिए। शुक्रबारकाे बैठक साेमबारका लागि सारिएको थियाे। साेमबारको बैठकले पनि विषय टुंगाेमा पर्‍याउन नसकेपछि बुधबारका लागि बैठक सारिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.