|

काठमाडौं : कामु प्रधानन्याधीश दीपकराज जोशीले अनावश्यक विषयलाई विवादमा ल्याएको भन्दै असन्तुष्टि जनाएका छन्। सोमबार साँझ विज्ञप्ति निकाल्दै जाेशीले संसदीय सुनुवाइ प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको आशंका गरेका छन्। 

‘तत्कालीन पुनरावेदन अदालतको न्यायधीश, मुख्य न्यायधीश हुँदा होस् अथवा सर्वाेच्च अदालतको न्यायाधीश हुँदा समेत प्रश्न नउठेको विषयमा हाल आएर भ्रम फैलाउनु प्रस्तावित प्रधानन्यायधीशको नियुक्तिलाई प्रभावित पार्नु मात्र नभई स्वतन्त्र न्यायपालिकामाथिको प्रहार जस्तो देखिएको छ’, जोशीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

जोशीले राजीनामा दिने तथा सरकारले राजीनामा दिन दबाब दिएको जस्ता विषय समेत भ्रामक भएकाले सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

यस्तो छ विज्ञप्ति–


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.