|

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ। पुरस्कार छनौट समितिले गरेको सिफारिस नामलार्इ अनुमोदन गर्दै सचिवालय बैठकले पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो।

फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरू उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) विधामा पुरस्कृत भएको भएको फोनिजका संगठन सचिव मिलन लिम्बूले जानकारी दिए। जनही ४० हजार राशिको उक्त पुरस्कार फोनिजको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदान गरिने सचिव लिम्बूले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.