|

काठमाडौं : प्रधानन्यायाधीश नियुक्तिबारे टु‌ंगो लगाउन बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठक शुक्रबार १० बजे बस्ने गरी स्थगित भएको छ।

प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने सन्दर्भमा निर्णय गर्नका लागि बोलाइएको समितिको बुधबारको बैठक बस्‍नुअघि सत्ता पक्ष र विपक्षका सांसदले छुट्टाछुट्टै छलफल गरेका थिए। तर बैठक बिनानिष्कर्ष सकिएको थियो।

बैठकपछि समितिका सदस्य लक्ष्मणलाल कर्णले सर्वसम्मतिका लागि बैठक दुई दिन पछि सारिएको बताए। 'अहिलेसम्म सर्वसम्मतिको प्रयास जारी छ', उनले भने, 'संभवत: शुक्रबारसम्ममा एउटा निर्णय आउनेछ।'

अर्का सदस्य योगेश भट्टराईले भने यो दुई दिन कांग्रेसका लागि अन्तिम समय भएको बताए। उनले कांग्रेसले निर्णयका लागि सहज नमानिरहेको भन्दै प्रस्तावित व्यक्तिबारे विभिन्न उजुरी र समाचार आइरहेको उल्लेख गरे। भट्टराईले शुक्रबारसम्ममा कांग्रेस सहमत भए पनि वा नभए पनि निर्णय गरिने दाबी गरे।

समितिका अर्का सदस्य भीमसेनदास प्रधानले अहिलेसम्म बैठक विषयवस्तुमा प्रवेश नै नगरेको भन्दै शुक्रबार सही निर्णय आउने बताए तर उनले कस्तो सही निर्णय भन्नेचाहिँ खुलाएनन्।

बैठकमा समिति सदस्यमाथिको सुरक्षा चुनौतीबारे पनि सदस्यहरूले चिन्ता व्यक्त गर्दै सम्बन्धित पक्षको ध्यानकर्षण गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.