|

कञ्चनपुर : शहीद भीमदत्त पन्तको ६६औँ स्मृति दिवस। 

१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका उनी क्रान्तिकारी नेताको रूपमा चिनिन्छन्। ‘कि त जोत हलो कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नारा दिएर किसानका पक्षमा सामन्तको विरुद्ध सशस्त्र आन्दोलन गर्ने भीमदत्तले तत्कालीन समाजका निमुखा नागरिकमा चेतना भरेका थिए।  

उनले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे। राजनीतिक परिवर्तनपछि तत्कालीन शासनव्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले दलित र पिछडिएका वर्गलाई एकत्रित गरी क्रान्तिको नेतृत्व गरे। 

परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्तले दलित, मगर र थारुहरूलाई संगठित गरी मुक्ति सेना गठन गरे। नेपालगञ्जका गौरीलाल र रूपसिंह दुई नाका कमान्डर थिए। दक्षिण भारतका कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए।

२०१० साल साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा उनलाई गोली हानियो। २०७२ फागुनमा सरकारले भीमदत्तलाई शहीद घोषणा गरेको थियो। सात दशकअघि उनले उठाएका मुद्दा अघि नबढाउँदा किसान, सुकुम्बासी, विपन्न, दलित लगायतका समुदायले अझै न्याय पाउन नसकेको सरोकारवालाहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.