|

चितवन : चितवनको आँपटारीमा ट्रकको ठक्करबाट गएराति एकजना साइकल यात्रीको मृत्यु भएको छ। 

आँपटारीमा बाटो काट्दै गरेका गोरखा पुथ्वीनारायण नगरपालिका–९ घर भई चितवन बस्दै आएका साइकल यात्री रामकुमार नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढबाट मुग्लिन जाँदै गरेको बा ३ ख ११०१ नम्बरको ट्रकले राति १० बजेर ३० मिनेटमा ठक्कर दिँदा घाइते भएका नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.