|

कास्की : पोखरा महानगरपालिका - ४ मा सडक मिचेर बनाइएका घरहरू भत्काउन सुरू गरिएको छ। बिहीबार वडा अध्यक्ष शंकर बास्तोलाले पालिखेचोकका सडक मापदण्डविपरित  बनाइएका घरहरू भत्काउन सुरू गरेको जानकारी दिए।

‘वडा कार्यालय र महानगरले संयुक्त रुपमा सडक मापदण्डलाई कार्यान्वयनमा लैजान लागेको हो’ वडा अध्यक्ष बास्तोलाले भने ‘ बसन्त उदास, मिश्री उदास र दुधमान उदासको नाममा रहेको जग्गाभित्रको दुईतले घर भत्काइयो।’ वडाध्यक्ष बास्तोलाको नेतृत्वमा गठन भएको समितिले मुआब्जा निर्धारण गरी वितरण समेत सुरू गरेर घरहरू भत्काउन सुरू गरेको हो। 

वर्षाैँदेखिको पालिखेचोक फराकिलो बनाउने प्रयास बिहीबार सफल भएको अध्यक्ष बास्तोलाले जानकारी दिए। ‘वर्षाैँदेखि पालिखेचोक फराकिलो बनाउने, सडक मापदण्ड कायम गर्ने काम आज पुरा गरियो’ उनले भने, ‘यो अभियान हो। यो अभियानले तीब्रता पाउँछ।अरु धेरै घरहरू पनि भत्काउनु छ। पोखरालाई सुन्दर बनाउनु छ ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.