|

काठमाडौं : दशैं सकिएसँगै काठमाडौं भित्रिने यात्रुको चाप बढेको छ। बितेको २४ घण्टामा १० हजार ८ सय २९ गाडीमा ८६ हजार ९ सय ३६ यात्रु उपत्यका भित्रिएको ट्राफिक प्रहरीले जनाएको छ। 

सोही अवधिमा ६ हजार २ सय ८० गाडीमा ३६ हजार ७ सय ५१ यात्रु बाहिरिएका छन्। दशैं मान्नका लागि काठमाडौंबाट यसवर्ष झण्डै २२ लाख मानिस बाहिरिएका थिए। यात्रु भित्रने क्रम बढेसँगै उपत्यकामा सवारीको चाप पनि बढेको छ। 

पछिल्लो २४ घण्टामा ट्राफिक नियम मिचेर सवारी चलाउने १ हजार २ सय ४ जना चालक कारवाहीमा परेका छन्। विभिन्न समयमा भएका कारवाहीबाट आइतबार १४ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.