|

लहान : करिव तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक आरोपीलाई सप्तरी प्रहरीले पक्राउ गरेपछि कारागार चलान गरिएको छ। सप्तरीको बोदेबर्साइन नगरपालिका ८ काचन (साविक काचन २) का करिव २२ वर्षीय धर्मेन्द्र कुमार दासलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार दास २०७२ भदौ १ गते राती १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए। 

पीडित परिवारको किटानी जाहेरीको आधारमा प्रहरीले जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाए पनि फरार रहेका दासलाई विशेष सूचनाको आधारमा काचन प्रहरी चौकीले बिहीबार खोजतलाशको क्रममा पक्राउ गरी सप्तरी जिल्ला अदातलमा बुझाएको प्रहरी नायव उपरीक्षक रिमालले बताए। प्रहरीद्वारा पक्राउ गरी अदालतमा बुझाइएका दासलाई अदालतले आठ वर्षको कैद फैसला गरेपछि कारागार चलान गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.