|

तनहुँ : जिल्लाको घिरिङ गाउँपालिका २ स्थित बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर नेपालीमाथि आक्रमण भएको छ। बुधबार पोखरा लेखनाथ महानगरपालिका ३३ बागमारा सहरेतारामा बस्दै आएका प्रअ नेपालीमाथि सोही स्थानका संजीव नेपालीले मादक पदार्थ सेवन गरी ढुंगा र चक्कु प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेको एकीकृत अखिल नेपाल शिक्षक संगठन तनहुँकाे विज्ञप्तिमा उल्लेख गरिएको छ। 

नेपालीमाथि आक्रमण भएको शिक्षक संगठनका अध्यक्ष राजेन्द्र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रअ नेपाली एकीकत अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्य समिति तनहुँका सदस्यसमेत हुन्।  

नेपाली हाल क्षेत्रीय गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको र उनलाई उचित क्षर्तिपूर्ति दिलाई पीडकलाई सामाजिक सुरक्षा ऐनअन्तर्गत हदैसम्मको कानुनी कारबाहीका लागि माग गर्दछौं विज्ञप्तिमा भनिएको छ। पीडक नेपाली हाल पोखरा प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.