|

विराटनगर : विराटनगरका पानी उद्योगले उत्पादन गरेको प्रशोधित पानीमा दिसामा पाइने हानिकारक जिवाणु कोलिफर्म भेटिएको छ। विराटनगरका ११ उद्योगले उत्पादन गरेको पानीमा मानव स्वास्थ्यलाई गम्भीर प्रभाव पार्ने कोलिफर्म भेटिएको प्रदेश-१ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको टोलीले गत साउन ४ गतेदेखि ८ गतेसम्म विराटनगरका विभिन्न २० वटा उद्योगको अनुगमन गरेको थियो। अनुगमनका क्राममा ६ वटा शिलबन्दी गरिएको थियो। शिलबन्दी गरिएका उद्योगका साथै अन्य ५ उद्योगमा कोलlफम भेटिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए। अन्य तीनवटा उद्योगले उत्पादन गरेको पानी पिउन अयोग्य देखिएको छ। नमुना परीक्षण गरिएका २० वटा मध्ये ६ वटा उद्योगले उत्पादन गरेको पानी मात्रै पिउनयोग्य पाइएको छ। चार वर्षअघि खानेपानी संस्थानले वितरण गरेको पानीमा कोलिफर्म भेटिएको थियो।

पानी कै कारण विराटनगरमा कमलपित्त ‘जण्डिस’ को प्रकोप फैलिएको थियो। प्रकोपका कारण १२ जनाको मृत्यु भएको थियो भने धेरै मानिस बिरामी परेका थिए। पानीमा कोलिफर्म जिवाणु फेला परेसँगै ती उद्योगलाई तत्काल बन्द गरी कारवाही प्रक्रिया अघि बढाउने सामाजिक विकास मन्त्रालयका सहसचिव गापी घिमिरेले जानकारी दिए।

कोलिफर्मको जीवाणु भेटिएका उद्योगहरूमा  विराटनगर-७ मा रहेको गंगाजल उद्योग, विराटनगर-४ मा रहेको गोमा रानी उद्योग, बुढीगंगा-१ मा रहेको शुभ जल उद्योग, विराटनगर-६ मा रहेको पूजा फूड एण्ड बेभरेज ई. प्रालि, बिराटनगर-२ मा रहेको तिरुपति जल उद्योग, विराटनगर-११ मा रहेको माउण्टेन वाटर ई., विराटनगर-१० मा रहेको हाई मल जल इन्डष्ट्रिज, विराटनगर-१३ मा रहेको श्री जल उद्योग, विराटनगर-८ मा रहेको शीतल जल उद्योग, विराटनगर-१४ मा रहेको जोनसन जल उद्योग, विराटनगर-१२ मा रहेको दिव्य श्री जल उद्योग र भूमि जल उद्योग रहेका छन्। 

८७ उद्योगबाट उत्पादित मालवस्तु गुणस्तरहीन

पूर्वाञ्चलका विभिन्न स्थानबाट नमुना संकलन गरेर परीक्षण गरेका ५६८ मध्ये ८७ वटा उद्योगबाट उत्पादित खाद्यवस्तु गुणस्तरहीन पाइएको छ। विराटनगरस्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमाेद कोइरालाले ती मध्ये कार्यालयले १३ वटालाई मुद्दा दायर गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको बताए। कोइरालाले भने, 'अन्य १०३ वटा उद्योगकाे अनुसन्धान भइररहेको छ।' क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको तथ्यांकअनुसार दैनिक भान्सामा प्रयोग हुने दूध तथा दुग्ध पदार्थ, तेल तथा घ्यूजन्य, फल तथा सागपात, मसला, चिया कफी, नुन, खाद्यान्न-दलहनजन्य, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, कन्फेक्सनरी, मासु तथा मासुजन्य र दानालगायत रहेका छन्। प्रमुख कोइरालाका अनुसार सबैभन्दा बढी गुणस्तरहीन वस्तु दूधजन्य, तेल तथा घ्यु र प्रशोधित पिउने पानी रहेको छ।

कार्यालयले गुणस्तरहीन वस्तु उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि मुद्दा दायर गरेका उद्योगहरूमा सगरमति फुड्स एण्ड वेभरेज प्रालि शनिअर्जुन झापा, धीरज चामल उद्योग गौरीगञ्ज झापा,तरहरा शोपिङ सेन्टर सुनसरी, एसियन थाई फुड्स सोनापुर सुनसरी, तरहरा शोपिङ सेन्टर इटहरी, बिमल फुड प्रोडक्ट्स इटहरी, श्री बाबा भेजिटेबल आयल इन्डष्ट्रिज प्रालि कटहरी, बागमती आयल इन्डष्ट्रिज कटहरी, हरि टि इन्डष्ट्रिज प्रा.लि. भद्रपुर झापा, नेपाल चिया विकास निगम मेचीनगर-८ झापालगायत छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.