|

पर्वत : झण्डै डेढ करोड रुपैयाँमा मर्मत भएको ज्ञादी सिँचाइ आयोजनाको नहर गुणस्तरहीन भएको पाइएपछि निर्माण कम्पनीले मर्मतको ठेक्का लिएका ठेकेदारलाई पुन मर्मत गर्न लगाउने भएको छ। 

१३ किलोमिटर लामो नहर मर्मत गरेको केही दिनमै भत्किएपछि निर्माणको जिम्मा लिएको भरतपुर इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले स्थानीय ठेकेदार आनन्द अधिकारीलाई पुन नहर मर्मत गर्न लगाउने भएको हो। कार्यालयका इन्जिनियर सचिन श्रेष्ठले ठकेदारलाई थप एक वर्षको समय उपलब्ध गराएर सोही बजेटमा नहर मर्मत गर्ने बताए।

उक्त समयभित्र ठेकेदारले काम गर्न नमाने वा नसकेमा धरौटीवापतको रकम जफत गरेर कम्पनीले नहर मर्मत गरिने बताए। तोकिएको मापदण्ड अनुसारको ढलान नहुँदा मर्मत सकिँदासाथ ठाउँ–ठाउँबाट भत्किएको छ। 

२०३३ सालमा निर्मित नहरको काम गुणस्तर नभएर नहर नै भत्किएपछि कुश्मा नगरपालिका कटुवाचौपारीको झण्डै दुईसय रोपनी खेतमा धान रोप्न समस्या भएको थियो।

काम गुणस्तरहीन भएपछि छानविन गरिनुपर्ने भन्दै स्थानीयले निवेदन दिएका थिए। स्थानीयको चर्को दबाबपछि  ठेकेदार र निर्माण कम्पनीको रोहवरमा धरौटी रकममार्फत नहर मर्मत गर्ने सहमति भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.