|

बुटवल : युवा साहित्यकार प्रकाश नेपालीको उपन्यास ‘अन्धो समाज’ सार्वजनिक गरिएको छ। बुटवलमा एक कार्यक्रमका बीच उक्त उपन्यास सार्वजनिक गरीएको हो। पुस्तकको विमोचन साहित्यकार भुवनहरी सिग्देलले गरेका हुन्।

साहित्यकार सिग्देलले समाजलाई सचेत गराउने उपन्यास पाठकले पाएको बताए। उनले सामाजिक संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका थिए। उपन्यासको समीक्षा गर्दै साहित्यकार शान्ता शर्माले उपन्यासले समाजमा रहेको जातीय छुवाछुत जस्ता कुरिती उठाइएको बताइन्।

समीक्षक जिवन न्यौपानेले नेपालीको उपन्यासमा समाजको यथार्थता समेटिएको बताए। कार्यक्रममा वरिष्ठ साहित्यकार जंगबहादुर शाहले जातीविहीन समाज बनाउदा मात्रै विभेद हट्ने बताए। उनले किताबमा भएको विषयलाई समाजमा लागू भए समाजको मुहार फेरिने बताए।

शिखा बुक्स, रेडियो जागरण र लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीको आयोजनामा विमोचन कार्यक्रम गरिएको थियो।

शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यासले सामजमा रहेको जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, चेलीबेटी बेचबिखन, अन्तरजातीय विवाह जस्ता विषयलाई उठान गरेको लेखक नेपालीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.