|

मोरङ :  हत्यामा संलग्न फरार तीन जनालाई घटना भएको १५ वर्षपछि प्रहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ गरेको छ। 

साविकको डंग्राहा गाविस-६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढीगंगा गाउँपालिका-७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार र ३८ वर्षीय श्रवण गच्छदारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता निशान थापाले साेमबार जानकारी दिए। 

विश्वासको २०६० मंसिर ७ गते हत्या भएको थियो। हत्या भएको लामो समय भए पनि घटनामा संलग्नलाई गाउँघरबाटै प्रहरीले पक्राउ गर्न सफल भएकोप्रवक्ता थापाले जानकारी दिए। प्रहरीका अनुसार गाउँमा रातको समयमा धान चोरी गर्न आएको भन्दै स्थानीय बासिन्दाले कुटपिट गरेर गारीलालको हत्या गरेका थिए। घटनामा संलग्न तीनै जनाको नामै किटान गरिएको जाहेरी प्रहरीमा परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा उनीहरूको संलग्नता देखिएकाले कर्तव्य ज्यान मुद्दा चलाउन साेमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.