खेलकुद

मेसी र स्वारेज अभ्यासमा फर्किए
SHARES

साउन २२, २०७५

    नयाँ सिजन सुरु हुने समय नजिकिएसँगे बार्सिलोनाका मुख्य स्ट्राइकरहरू लियोनल मेसी र लुइस स्वारेज प्रशिक्षणमा फर्किएका छन्। उनीहरू सोमबारको प्रशिक्षण्मा मैदानमा देखिएका थिए। रसिया विश्वकपपछि मेसी र स्वारेज लामो बिदा समाप्त गर्दै क्लबमा आवद्ध भएका हुन्।

    मेसीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकपको प्रि-क्वार्टरफाइनलमा फ्रान्ससँग ४-३ ले पराजित भएको थियो भने स्वारेजको उरुग्वे विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँगै २-० ले हारेको थियो। बार्सिलोनाले अब पूर्ण तयारी गर्न पाउने भएको छ किनकि उसका सबै स्टार क्याम्पमा लगभग फर्किसकेका छन्। फिपिल काउन्टिन्हो, इभान राकिटिक, स्यामुएल उम्टिटी, येरी मिना तथा थोमस भर्माएला पहिलो पटक प्रशिक्षणमा देखापरेका छन्।

    यी सबै स्टार खेलाडी विश्वकपपछि एकै पटक बार्सिलोनासँग आवद्ध भएका हुन्। स्पेनिस लिग विजेता बार्सिलोनाले प्रशिक्षणको पहिलो दिन खेलाडीलाई हल्का अभ्यास र बढी रमाइलो गराएको थियो। बार्सिलोनाले स्पेनिस लिग जित्ने क्रममा स्वारेज र मेसीले समग्रमा गत सिजनमा ५९ गोल गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]