|

काठमाडौं : मगर साहित्यको विकासका लागि भाषिक विकासमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। मगर आदिकवि जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन्।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा मगरले मगर भाषा साहित्यको विकास हुन सकेमा मगर भाषाको समृद्धि हुने बताए। त्यसका लागि भाषाको विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो। 

कार्यक्रमका बक्ताहरुले छुट्दै गएको भाषाको विकासका लागि नयाँ पुस्तासम्म भाषा विस्तार गर्नुपर्ने बताएका थिए। नेपाल मगर संघ भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमृत योञ्जन तामाङले ‘नेपालमा भाषिक मानवअधिकारको स्थिति’ विषयमा प्रस्तुत गरेको कार्यपत्रमा लोकबहादुर थापा मगरले टिप्पणी गरेका थिए भने सञ्जोग लाफा मगरले प्रस्तुत गरेको ‘मगर साहित्यको इतिहास’ विषयक कार्यपत्रमा विष्णु सिंजाली मगरले टिप्पणी गरेका थिए। 

कार्यक्रमका सहभागीले मातृभाषा दिनप्रतिदिन सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए। कार्यक्रम समाज कल्याण परिषदको आर्थिक अनुदानमा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.