|

इंगलिस प्रिमियर लिगमा नयाँ सिजनको तयारीमा रहेको लिभरपुलले आफ्नो प्रिसिजनयात्राको सुखद अन्त गर्न सफल भयो। लिभरपुलले मंगलबार राति एनफिल्डमा भएको खेलमा टोरिनोलाई ३–१ ले हराउँदै प्रिसिजन टुरको अन्त गर्यो। लिभरपुलले यसअघि प्रिसिजनमा नापोली, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो ।

इटालियन क्लब टोरिनोलाई हराउने क्रममा लिभरपुलका लागि रोबर्टो फिरमिनो र जर्जिनियो विनाल्डमले पहिलो हाफमा गोल गर्दा टोरिनोका लागि एक बेलाट्टीले पहिलो हाफमा एक गोल फर्काए।

लिभरपुलका लागि ड्यानिएल स्टुरेजले अन्तिम समयमा थप एक गोल गरेपछि लिभरपुल सहज जित निकाल्न सफल भयो। गत सिजन उत्कृष्ट प्रदर्शन गरेका मोहमद सलाह भने पहिलो हाफमा मात्र मैदानमा देखिएका थिए।

लिभरपुलले केहि समय अघिमात्र सर्वाधिक मुल्य तिरेका गोलरक्षकलाई पनि मैदानमा उतार्यो। महँगा गोलकिपर एलिसन तथा मिडफिल्डर नाबी केइता र फाबिन्होले पनि मौका पाएका थिए। सिजनको पहिलो खेलमा लिभरपुल आगामी आइतबार एनफिल्डमा वेष्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.